अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीको गोलीकाण्ड विरोधमा जनकपुर पनि तनावग्रस्त, सडक र बजार बन्द

सुनसरीको गोलीकाण्ड विरोधमा जनकपुर पनि तनावग्रस्त, सडक र बजार बन्द


जनकपुरधाम-सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा धनुषाको जनकपुरधाममा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले बिहीबार बिहानदेखि जनकपुरधामका विभिन्न मुख्य चोकमा टायर बालेर विरोध जनाउँदै बजार बन्द गराएका छन्।

रामानन्द चौक, पीडारी चोक लगायतका स्थानमा टायर बालेर नाराबाजी गरिएको छ। प्रदर्शनका कारण जनकपुरधामको बजार क्षेत्रको जनजीवन प्रभावित भएको छ भने केही स्थानमा सवारी आवागमनसमेत अवरुद्ध भएको छ।

जनकपुर तथा आसपासका विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारीहरू बजार क्षेत्रमा प्रवेश गरेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडपसमेत भएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।