सिरहा-सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। प्रहरीको गोली लागेर गोलबजारका गणेश यादवको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।
गोली लागेर अन्य केही व्यक्ति पनि गम्भीर घाइते भएका छन्। घटनास्थलबाट प्राप्त दृश्यहरूमा केही प्रदर्शनकारी घाइते अवस्थामा सडकमा लडेको देखिन्छ।
सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि सुरु भएको तनावको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। त्यसैक्रममा सिरहाको गोलबजारमा पनि प्रदर्शन र झडपका घटना भएका हुन्।
तनावका बीच बिहीबार गोलबजार बजार क्षेत्रमा पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागी नियन्त्रणका लागि गोलबजार नगरपालिकाको दमकल परिचालन गरिएको थियो। घटनापछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।


प्रतिक्रिया