अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहाको लहानमा पनि कर्फ्यु

सिरहाको लहानमा पनि कर्फ्यु


सिरहा-सुनसरीको कप्तानगन्ज घटनालाई लिएर झडप हुन थालेपछि सिरहाको लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। आन्दोलन तथा हुलदंगा भई शान्ति–सुरक्षा खल्बलिने अवस्था देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

आदेशअनुसार पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोलासम्म (बाटिका होटल पश्चिम), तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर आसपासको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। यसअघि गोलबजार क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको थियो।