अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जमा निषेधाज्ञा जारी

वीरगञ्जमा निषेधाज्ञा जारी


वीरगञ्ज-जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा वीरगञ्ज महानगरपालिकाको तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम उक्त आदेश जारी गरिएको जनाइएको छ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।