अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिराहको लहानमा कर्फ्यु हट्यो, गोलबजारमा यथावत

सिराहको लहानमा कर्फ्यु हट्यो, गोलबजारमा यथावत


सिरहा-सिरहाको लहान नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ भने गोलबजार नगरपालिकामा भने कर्फ्यु यथावत कायम राखिएको छ।

सुनसरीमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यसको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवको मृत्यु भएको थियो।

गणेश यादवको परिवारसँग सहमति भए पनि उनको शव गोलबजार ल्याउन बाँकी रहेकाले हाल कर्फ्यु हटाउने निर्णय नगरिएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको शव गोलबजार नल्याएसम्म त्यहाँ जारी कर्फ्यु आदेश कायम रहनेछ।

यसैबीच, लहान क्षेत्रको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि त्यहाँ लगाइएको कर्फ्यु आदेश हटाइएको प्रशासनले जनाएको छ। सुरक्षा निकायले भने दुवै क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न आवश्यक निगरानी जारी राखेको जनाएको छ।