अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका जान अब नेपालीले ३० लाखसम्म धरौटी बुझाउनुपर्ने नियम

अमेरिका जान अब नेपालीले ३० लाखसम्म धरौटी बुझाउनुपर्ने नियम


काठमाडौँ-नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम २० हजार अमेरिकी डलरसम्म पुर्‍याएको हो । जुन नेपाली रुपैयाँ करिब ३० लाख भन्दा बढी हो ।

यो व्यवस्था विशेषगरी बी–१ (व्यापार) र बी–२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ। नयाँ नियमअनुसार न्यूनतम १० हजार डलर र अधिकतम २० हजार डलर धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ताअघि नै उक्त रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि नाघेर अमेरिकामा बसेमा (ओभरस्टे) भने सो रकम जफत हुनेछ।

अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्नेहरूको संख्या घटाउन यो कदम चालेको जनाएको छ। ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा सुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाइएको हो।

भिसा बन्ड नियम लागू हुने ५० देश
१. अल्जेरिया
२. अंगोला
३. एन्टिगुआ एन्ड बारबुडा
४. बंगलादेश
५. बेनिन
६. भुटान
७. बोत्सवाना
८. बुरुन्डी
९. केप भर्ड
१०. कम्बोडिया
११. मध्य अफ्रिकी गणतन्त्र
१२. कोट दिभ्वार ९आइभोरी कोस्ट०
१३. क्युबा
१४. जिबुटी
१५. डोमिनिका
१६. इथियोपिया
१७. फिजी
१८. गाबोन
१९. गाम्बिया
२०. जर्जिया
२१. ग्रेनाडा
२२. गिनी
२३. गिनी–बिसाउ
२४. किर्गिज गणराज्य
२५. लेसोथो
२६. मलावी
२७ मौरिटानिया
२८. मौरिसस
२९. मंगोलिया
३०. मोजाम्बिक
३१. नामिबिया
३२. नेपाल
३३. निकारागुआ
३४. नाइजेरिया
३५. पपुवा न्यू गिनी
३६. साओ टोमे एन्ड प्रिन्सिपे
३७. सेनेगल
३८. सेसेल्स
३९. ताजिकिस्तान
४०. तान्जानिया
४१. टोगो
४२. टोङ्गा
४३. ट्युनिसिया
४४. तुर्कमेनिस्तान
४५. टुभालु
४६. युगान्डा
४७. भानुआटु
४८. भेनेजुएला
४९. जाम्बिया
५०. जिम्बाब्वे