काठमाडौं-विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको निधनप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ले शोक बिदा घोषणा गरेको छ।
गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्न सोमबार शोक बिदा दिने निर्णय गरेको जनाएको हो।
विज्ञप्तिमा पर्वतारोहण क्षेत्रका असाधारण व्यक्तित्व निम्सदाइ तथा टोलीका सदस्यहरूको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध भई सम्मान प्रकट गर्न आग्रह गरेको छ। साथै, शोक बिदामार्फत दिवंगतप्रति सम्मान व्यक्त गर्दै परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरिएको जनाइएको छ।


प्रतिक्रिया