अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीले गरिन् माधव नेपाललाई सम्मान

पूर्वराष्ट्रपति भण्डारीले गरिन् माधव नेपाललाई सम्मान


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन्।

तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा भण्डारीले नेपाललाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन्।

कार्यक्रममा तुल्सीलाल अमात्यको राजनीतिक तथा वैचारिक योगदानको स्मरण गरिएको थियो। सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा अन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतिष्ठानले अमात्यको योगदानलाई स्मरण गर्दै हरेक वर्ष स्मृति दिवस कार्यक्रम आयोजना गर्दै आएको छ।