अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुली कार दुर्घटना: चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता [अपडेट]

सिन्धुली कार दुर्घटना: चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता [अपडेट]


काठमाडौं-सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनाग्रस्त कारमा चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा तथा नाम नखुलेका एक जना हेल्पर सवार थिए। दुर्घटनापछि उनीहरू नदीमा बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङतर्फबाट खुर्कोट आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेको बताइएको छ। कारको नम्बर भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारका लागि घटनास्थल पुगेका थिए। तर नदीमा आएको बाढी र तीव्र बहावका कारण उद्धार तथा खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी जारी रहेको छ।