चितवन-पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया