काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सोमबार प्रसाईंकी पत्नी उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
उनले प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहा गर्न आदेश माग गरेकी छन्। उनको रिटमाथि मंगलबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो। उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ।


प्रतिक्रिया