काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान प्रधानमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।
सैनिक अधिकारीहरूका अनुसार यो भेट नियमित समन्वयका क्रममा भएको हो। भेटमा समसामयिक सुरक्षा अवस्था, नेपाली सेनासँग सम्बन्धित विषय तथा सरकार–सेना समन्वयका विविध पक्षमा छलफल भएको अनुमान गरिएको छ।
यसअघि सुनसरी र मधेश प्रदेशमा दुई समुदायबीच उत्पन्न तनावपूर्ण अवस्थापछि साउन १४ गते प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। उक्त बैठकमा तराई–मधेश क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्ने तथा सम्भावित दंगा नियन्त्रणका उपायबारे छलफल भएको थियो।
प्रधानमन्त्री र प्रधान सेनापतिबीचको पछिल्लो भेटलाई पनि मुलुकको समसामयिक सुरक्षा अवस्थासँग जोडेर चासोका साथ हेरिएको छ।


प्रतिक्रिया