अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको कामबारे एमाले नेता विष्णु रिजालको व्यंग्य– ‘लुकिङ टु लण्डन, टकिङ टु टोकियो’

सरकारको कामबारे एमाले नेता विष्णु रिजालको व्यंग्य– ‘लुकिङ टु लण्डन, टकिङ टु टोकियो’

सरकारको ध्यान प्राथमिकताभन्दा बाहिर, बलको दुरुपयोगले राज्य आतंक सिर्जना गर्‍यो


काठमाडौं-नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं विदेश विभागका सदस्य विष्णु रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्ने पर्नेमा ध्यान अर्कैतिर गएको बताएका छन्। रिजालले राज्यसँग बल छ भन्दै जथाभावी प्रयोग गर्दा त्यसले राज्य आतंक सृजना गरेको उनले बताए ।

सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले बल प्रयोग गर्ने आधिकारिक निकाय सरकार भए पनि त्यसलाई दुरुपयोगग गर्दा आतंकको स्थिति सृजना भएको उनले उल्लेख गरेका हुन् ।

‘फरक पार्टीका नेताहरुमाथि धरपकड, व्यावसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचार सार्वजनिक भएका छन्’ नेता रिजालले लेखेका छन्, ‘मुलुक कता जाँदैछ ? कता लैजान खोजिदैछ ? हामीकहाँ भनाइ नै छ नि अति गरे खति हुन्छ।’

नेता रिजालले सरकारले प्राथमिकतामा राख्नुपर्ने केही विषयहरु पनि सुझाएका छन्। पुँजी बजार निरन्तर ओरालो लागेको, विदेशस्थित दूतावास तीन महिनादेखि खाली भएका, विश्विद्यालय भद्रगोल, विदेश साहायता बन्द भएको उनले उल्लेख गरे।

‘विदेशी लगानी शून्य अवस्थामा पुगेको, विदेश सम्बन्ध शिथिल भएको र अर्थतन्त्र ओरालो लागेको, सामाजिक सद्धभाव विशृंखलित छ’ नेता रिजाल लेख्छन्, ‘सरकारको ध्यान चाहिँ अन्यत्रै छ। भन्छन् नि टकिङ टु टोकियो, लुकिङ टु लण्डन।’

twitter sharing button
whatsapp sharing button
viber sharing button