काठमाडौं-अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन्।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइयोहरूसँग छलफल गर्न लागेका हुन्।
दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ श्रेणीमा राखेका २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।


प्रतिक्रिया