अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा

प्रधानमन्त्री शाह सुदूरपश्चिमका सांसदसँग छलफलमा


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे सुरु भएको छलफलमा समसामयिक राजनीतिक अवस्था, प्रदेशसँग सम्बन्धित विषय तथा समन्वयका मुद्दामा कुराकानी भइरहेको जनाइएको छ।

प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन् ।