अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा छुट्टाछुट्टै सडक दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

कैलालीमा छुट्टाछुट्टै सडक दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते


कैलाली-कैलालीमा छुट्टाछुट्टै भएका दुई सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ को झुंगा दाराबोझी चोक र भजनी नगरपालिका–४ को बिजुलियामा भएका दुर्घटनामा दुई जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टीकापुर–७ स्थित झुंगा दाराबोझी चोकमा नेपालगञ्जबाट धनगढीतर्फ आउँदै गरेको लु.प्र.०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासको सिलिन्डर बोकेको ट्रक एकआपसमा ठोक्किँदा बोलेरोका सहचालक सल्यानका २३ वर्षीय सञ्जीव ओली गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, भजनी नगरपालिका–४ बिजुलियामा से १ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१२ की ५६ वर्षीया गुरहनिया चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सुख्खडस्थित सीएस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।