अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्वार्को बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ग्वार्को बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)


ललितपुर-ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा साउन २१ गते बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आज बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा परी दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १९ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ। भक्तपुर सूर्यविनायक बस्दै आएकी २३ वर्षीया सुन्निमा योन्जनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको छ भने बसका सहचालक ६० वर्षीय कृष्णराम थापाको बायाँ खुट्टा भाँचिएको छ। अन्य घाइतेहरूको टाउको, हात, खुट्टा तथा कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये १० जनाको बीएण्डबी अस्पताल र ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। अधिकांश घाइतेहरू भक्तपुर, ललितपुर, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, कञ्चनपुर, महोत्तरी तथा काठमाडौंका बासिन्दा रहेका छन्।

प्रहरीले बस चालक काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बि. एण्ड बि. हस्पिटलमा रहेका घाइते

१. जिल्ला रामेछाप घर भई हाल  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २३ कि सुन्निमा योन्जन । अवस्था -गम्भीर घाइते शरीरको भित्री भागमा चोट ।

२. जिल्ला कञ्चनपुर घर भई हाल  भक्तपुर बस्ने वर्ष २४ को तुल्सी धानुक ।  अवस्था- सामान्य

३. जिल्ला भक्तपुर भर भई बस्ने वर्ष ४० कि कविता कार्की अवस्था- टाउकोमा चोट

४.  जिल्ला दोलखा सैलुङ गा.पा. घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष ४० कि जेनिशा लामा अवस्थाः-  (मृत्यु)

५. जिल्ला सिन्धुली मरिन गा.पा. ३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३३ को धन कुमार ढोङ । अवस्थाः- बायाँ खुट्टामा समान्य चोट ।

६. जिल्ला भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने वर्ष ३७ कि लक्ष्मी श्रेष्ठ अवस्था –   बाँया हात र कम्मरमा सामन्य चोट

७. जिल्ला भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने वर्ष २४कि रशिला दुलाल ।   अवस्थाः-  सामन्य कम्मरमा चोट ।

८. जिल्ला भक्तपुर सरस्वतीखेल ६ वस्ने वर्ष ६० को कृष्णराम थापा  । (सह-चालक) अवस्थाः-  बाँया खुट्टा फ्याक्चर गम्भिर

९. जिल्ला काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल  बस्ने वर्ष ४१ को अमृता कार्की । अवस्थाः-  दाया हातको पाखुरा र दाया कम्मरमा समान्य चोट ।

१० जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने वर्ष ४० कि कबिता के.सी. । अवस्थाः- टाउकोमा समान्य चोट ।

गोलोबल हस्पिटलमा रहेका घाइते 

१. जिल्ला दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २४ को बिबेक दाहाल ।

२. जिल्ला सिन्धुली घर भई  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष १९ को भगवती खत्री  ।

३. जिल्ला भक्तपुर मिलनचोक घर भई   बस्ने वर्ष ४७ कि भगवती खत्री  ।

४. जिल्ला भक्तपुर  घर भई   बस्ने वर्ष २८ कि जुनु सिल्पकार  ।

५. जिल्ला ललितपुर महालक्ष्मीस्थान बस्ने    वर्ष ४९ कि तुल्सी देवी खड्का  ।

६. जिल्ला मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २१ कि अन्जु  साह  ।

७. जिल्ला कठमाडौं ठमेल घर भई सुर्यबिनायक बस्ने वर्ष २७ को आशुतोष श्रेष्ठ

८. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने वर्ष ३६ कि स्तर देउजा ।

९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४५ को मोहम्द समिम ।