काठमाडौं-सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा चार निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको जनाएको हो।
सूचनाअनुसार, कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुनेछ।
कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायले सञ्चालन गर्ने खरिद प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनामा सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताको नाम, कालोसूचीमा रहने अवधि तथा निर्णयसम्बन्धी विवरण समेत उल्लेख गरिएको छ।



प्रतिक्रिया