पर्सा-पर्साको पटेर्वा सुगौली गाउँपालिका-३, सोनबर्साबाट प्रहरीले १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ का अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ९ बजे सोनबर्साबाट चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट १०५ किलो गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ परेका चौधरीमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया