अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी जिप दुर्घटना अपडेट: बेपत्ता चालक र यात्रुको पहिचान खुल्यो

भेरी जिप दुर्घटना अपडेट: बेपत्ता चालक र यात्रुको पहिचान खुल्यो


सल्यान-सल्यानमा भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुलेको छ। बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय हेमराज बीसी र सिद्धकुमाख गाउँपालिका-४ का २३ वर्षीय भीमबहादुर राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार बेपत्ता दुवै जनाको खोजी कार्य जारी छ। बुधबार छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ स्थित बाङ्गिरह नजिक लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप अनियन्त्रित भई नदीमा खसेको हो। दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका-१ आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्।

घाइते दुवै जनाको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जानकारी दिए। जिपमा चालकसहित चार जना मात्रै सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।