अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जगन्नाथ थपलियाविरूद्व अविश्वासको प्रस्ताव दर्ता

जगन्नाथ थपलियाविरूद्व अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं-नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

बुधबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा १८ जना प्रदेश सांसदको हस्ताक्षरसहित थपलियालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरिएको प्रदेश सांसद किरण थापाले जानकारी दिए।

थापाका अनुसार पार्टीको निर्देशनअनुसार दलको नेता परिवर्तन गर्ने उद्देश्यले अविश्वास प्रस्ताव दर्ता गरिएको हो। ‘१८ जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको छ,’ उनले भने, ‘पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको हो।’

अविश्वास प्रस्ताव पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा दर्ता गराएका हुन्।