अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका चार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्कीलाई

कोशी प्रदेशका चार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्कीलाई


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई चार मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मुख्यमन्त्री कार्कीलाई रिक्त रहेका मन्त्रालयहरूको जिम्मेवारी तोकेका हुन्।

प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री कार्कीले अब भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालयको कार्यभारसमेत सम्हाल्नेछन्।

उक्त मन्त्रालयहरूमा मन्त्री पद रिक्त रहेकाले प्रदेश सरकारको कामकारबाहीलाई निरन्तरता दिन मुख्यमन्त्रीलाई जिम्मेवारी तोकिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार यो निर्णय साउन २८ गतेदेखि लागू भएको हो।