धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि बिहीबार नै पूरा भएको थियो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीअनुसार काम गरेको बताउँदै अधिकार र स्रोत–साधनको सीमाबीच प्रदेश सरकार सञ्चालन गर्नुपरेको धारणा राखेका थिए।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।


प्रतिक्रिया