अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा


काठमाडौं-बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर देखिएपछि उनले विश्वासको मत परीक्षणअघि नै पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।

एमालेले गत साउनमै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार उनले निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था रहेको थियो।

बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ। एमाले र नेकपा (माओवादी केन्द्र) सहितका दलहरू नयाँ सत्ता समीकरण निर्माणको तयारीमा रहेका छन्।