अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिलका चार सदस्यले लिए सपथ

प्रेस काउन्सिलका चार सदस्यले लिए सपथ


काठमाडौं-प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आजदेखि कार्यभार सम्हालेका छन्।

सञ्चारग्रामस्थित काउन्सिलमा आयोजित कार्यक्रममा अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई सपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका अनुभवी तथा दिग्गज व्यक्तिहरू काउन्सिलमा सदस्यका रूपमा प्राप्त भएको बताए। उनले नयाँ सदस्यहरूसँगको सहकार्यमा काउन्सिलले केही न केही नयाँ परिवर्तन गरेर जानुपर्नेमा जोड दिए।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कार तथा कार्यप्रणालीबारे संक्षिप्त जानकारी गराएका थिए।

नवनियुक्त सदस्यहरूले कार्यभार सम्हालेसँगै प्रेस काउन्सिलको आगामी कामकारबाहीमा नयाँ ऊर्जा र प्रभावकारिता आउने अपेक्षा गरिएको छ।