हेटौँडा-बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापा मगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
थापा मगर नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापा मगरलाई प्रदेशसभाका ६३ सदस्यको समर्थन रहेको छ । उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।
बहुमत प्रदेशसभा सदस्यको समर्थन जुटाएसँगै थापा मगरले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेका हुन् । नयाँ सरकार गठनसँगै प्रदेशमा सत्ता समीकरणसमेत परिवर्तन भएको छ ।


प्रतिक्रिया