अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले गर्‍यो केन्द्रीय समिति विस्तार, ९ जना सदस्य मनोनीत

रास्वपाले गर्‍यो केन्द्रीय समिति विस्तार, ९ जना सदस्य मनोनीत


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति विस्तार गर्दै ९ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको केन्द्रीय सदस्य मनोनयन प्रस्ताव अनुमोदन भएको हो। मनोनीत हुनेहरूमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा. भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र प्रतिनिधिसभा सदस्य पुरुषोत्तम सुप्रभात यादव रहेका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन २०८३ असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

पार्टी विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरू सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार शुक्रबार पहिलो चरणमा ९ जना केन्द्रीय सदस्य मनोनयन गरिएको रास्वपाले जनाएको छ।