अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

भदौ ८ गते सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ। नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन्।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहे पनि विपक्षमा २२ मत परेको छ।

प्रदेशसभामा रहेका राप्रपाका सभामुखसहित पाँच सदस्यले भने मतदानमा सहभागी भएनन्। जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन्। सोमबारको बैठकमा ८३ प्रदेशसभा सदस्य सहभागी थिए।

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएसँगै कोशी प्रदेश सरकारको निरन्तरता सुनिश्चित भएको छ।