काठमाडौं-रसुवास्थित भोटेकोशी नदीमा एक्कासि आएको बाढीका कारण ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन्।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन भएका सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन सुरक्षाकर्मीहरूको खोजी तथा उद्धारका लागि आवश्यक प्रयास भइरहेको जनाइएको छ। बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको छ।


प्रतिक्रिया