काठमाडौँ-रसुवास्थित जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसको उद्धारमा नेपाली सेनाले तीव्रता दिएको छ।
जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद सेनाको उद्धार टोलीले आज बिहानैदेखि सुरुङभित्र खोजी तथा उद्धार कार्य गरिरहेको छ। हालसम्म सुरुङबाट दुई जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। उनीहरूको खोजी तथा उद्धारका लागि विशेष तालिमप्राप्त टोली र आवश्यक प्राविधिक उपकरण परिचालन गरिएको सेनाले जनाएको छ।
अप्ठ्यारो र जोखिमपूर्ण अवस्थामा समेत सेनाले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।


प्रतिक्रिया