अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६७५ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६७५ पुग्यो


काठमाडौँ-भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। बाढीपछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार साँझ साढे ६ बजेसम्म नदी किनार तथा विभिन्न क्षेत्रमा ६७५ जनाको शव फेला परेको हो। बाढीबाट सबैभन्दा बढी प्रभावित चितवनमा २४६ जनाको शव भेटिएको छ।

यस्तै, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३, गोरखामा ५७, नुवाकोटमा ५१, धादिङमा ४५, तनहुँमा ३५ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

भोटेकोसी बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये सबैभन्दा धेरै जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना रहेका छन्।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।