अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूली थ्री-ए सुरुङबाट दुई जनाको जीवितै उद्धार

त्रिशूली थ्री-ए सुरुङबाट दुई जनाको जीवितै उद्धार


नुवाकोट-त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेका सञ्जय साहसहित दुई जनाको जीवितै उद्धार गरिएको हो।

यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिबीच दोहोरो संवाद भएको थियो। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो।

सांसद न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य पनि जारी राखेको छ।