अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु


पोखरा-पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ।

शुक्रबार बिहान करिब ५ बजे पोखरा–६ स्थित गैराको चौतारानजिकको घुम्तीबाट लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको हो।

दुर्घटनामा भारतको बिहारका २६ वर्षीय नवदीप कुमार यादव र करिब ४० वर्षीय एक पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। मृतक पुरुषको नाम र ठेगाना भने खुल्न सकेको छैन।

दुर्घटनामा परेका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको जीवितै उद्धार गरिएको छ। उनीहरू दुवै भारतको रक्सौलका हुन्। दुवै जनाको अवस्था खतरामुक्त रहेको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।