काठमाडौँ-सङ्खुवासभामा गोली प्रहार गरेर एक शिक्षकको हत्या गरिएको छ। मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले जानकारी दिए।
उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन्। हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिए । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ। डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदैछन् । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको डीएसपी मैनालीले बताए ।
स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् । घटना बिहीबार साँझको भएको बताइएको छ ।


प्रतिक्रिया