अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन


नुवाकोट-राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। बाढीले पुर्‍याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।

अवलोकनका क्रममा नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवालासँग वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था, होल्डिङ सेन्टरको सञ्चालन र पुनरुत्थानका लागि भइरहेका प्रयासहरूबारे बिफ्रिङ गरिएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोटको स्थलगत अवलोकन र जानकारी लिने कार्य सम्पन्न गरी राष्ट्रपति पौडेल रसुवातर्फ लागेका छन् । बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि राष्ट्रपति पौडेलले स्थलगत रूपमै पुगेर चासो देखाएका हुन् ।