काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेलले आज दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गरेर फर्केका थिए। भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो।


प्रतिक्रिया