अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्धार, राहत र पुनःस्थापनामा जुट्न अध्यक्ष ओलीले गराए सरकारको ध्यानाकर्षण

उद्धार, राहत र पुनःस्थापनामा जुट्न अध्यक्ष ओलीले गराए सरकारको ध्यानाकर्षण


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट उत्पन्न अकल्पनीय प्राकृतिक विपत्तिले सिङ्गो देशलाई स्तब्ध बनाएको बताएका छन्। भोटेकोशी बाढीको १३औँ दिन जारी गरेको शोक वक्तव्यमा उनले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

अध्यक्ष ओलीले उद्धार, राहत तथा खोजी कार्यमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक र विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरेका छन्। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, एमालेका स्वयंसेवक, सामाजिक संघसंस्था, प्रदेश तथा स्थानीय सरकार र अन्तर्राष्ट्रिय समुदायले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरेका छन्।

वक्तव्यमा ओलीले अहोरात्र खटिएर सेवा पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अझै बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धार हुने आशा व्यक्त गरेका छन्।

साथै उनले प्रभावित क्षेत्रमा राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई थप तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउँदै विपद्पछिको व्यवस्थापनमा प्रभावकारी ढंगले जुट्न आग्रह गरेका छन्।