अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ

हुम्लामा गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौं-हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार २०८३ भदौ ७ गते राति १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिका कार्यालय भवनमा आगलागी भएको थियो। घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा आगजनीमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा निवासी ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाकै स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकालको संलग्नता रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण र घटनाको कारणबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।