अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा २०.८३० ग्राम हेरोइनसहित तीन जना पक्राउ

झापामा २०.८३० ग्राम हेरोइनसहित तीन जना पक्राउ


झापालागुऔषध नियन्त्रण ब्युरोको काँकडभिट्टा शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले झापाबाट २०.८३० ग्राम ब्राउन सुगर (हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार भारतबाट हेरोइन खरिद गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने उद्देश्यले ल्याइएको भन्ने सूचनाका आधारमा झापाको मेचीनगर नगरपालिका–६ र कनकाई नगरपालिका–५ क्षेत्रमा विशेष निगरानी तथा खोजतलास गरिएको थियो।

सो क्रममा अर्जुनधारा नगरपालिका–११ निवासी २१ वर्षीय गोविन्द श्रेष्ठ, बिर्तामोड नगरपालिका–११ निवासी ३० वर्षीय कृष्णबहादुर प्रधान तथा कनकाई नगरपालिका–४ निवासी ३२ वर्षीय रोशन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये गोविन्द श्रेष्ठ र कृष्णबहादुर प्रधानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा रोशन चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनी, झापामा बुझाइएको छ।

प्रहरीले उनीहरूको साथबाट २०.८३० ग्राम हेरोइन, दुई थान मोबाइल फोन, नगद २६ हजार रुपैयाँ र एक थान साइकल बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।