अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पीडितका लागि उर्लाबारी नगरपालिकाको ३० लाख ७४ हजार रुपैयाँ सहयोग

बाढी पीडितका लागि उर्लाबारी नगरपालिकाको ३० लाख ७४ हजार रुपैयाँ सहयोग


उर्लाबारी-मोरङको उर्लाबारी नगरपालिकाले रसुवा र नुवाकोटमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ३० लाख ७४ हजार ७ सय १५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिका बैठकले संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

उर्लाबारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रवक्ता भिष्मराज बुढाथोकीका अनुसार राहत रकम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो।

प्राकृतिक विपत्तिको कठिन समयमा पीडित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले सबै पक्षबाट योगदान जुटाइएको प्रवक्ता बुढाथोकीले बताए।

कार्यपालिका बैठकले संकलित रकम पारदर्शी र व्यवस्थित रूपमा पीडितसम्म पुग्ने सुनिश्चितताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा सिधै जम्मा गर्ने निर्णय गरेको जनाएको छ।