अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको असोज १५ सम्मको कार्यतालिका स्वीकृत

प्रतिनिधिसभाको असोज १५ सम्मको कार्यतालिका स्वीकृत


काठमाडौं-प्रतिनिधिसभाको बैठकको असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ।

शुक्रबार सभामुख डीपी अर्यालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी बैठकहरूको कार्यसूचीबारे छलफल गर्दै कार्यतालिका अनुमोदन गरेको हो।

सभामुखको सचिवालयका अनुसार समितिले असोज १५ गतेसम्म सञ्चालन हुने प्रतिनिधिसभाका बैठकहरूको सम्भावित कार्यतालिकामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित स्वीकृति प्रदान गरेको छ। कार्यतालिकाअनुसार विभिन्न विधेयक, सरकारी कामकारबाही तथा समसामयिक विषयमा सदनमा छलफल हुने जनाइएको छ।

बैठकमा दसैँ बिदाअघि संसद् बैठकलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो। यस क्रममा असोज १६ गतेसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा समेत परामर्श भएको स्रोतले जनाएको छ।

संसद्को आगामी कार्यसूचीलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिले आवश्यक समन्वय र तयारीलाई तीव्रता दिएको बताइएको छ।