अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा पत्रकारसँग अन्तरक्रिया

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा पत्रकारसँग अन्तरक्रिया


काठमाडौं-राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजनामा बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरण तथा कार्यालयबाट भइरहेका विभिन्न तथ्याङ्कीय गतिविधिबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार बालबालिकाको वैकल्पिक हेरचाहसँग सम्बन्धित तथ्याङ्क संकलन, वर्गीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासबारेन्तरक्रिया कार्यक्रम गरेकाे हाे।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेका विभिन्न तथ्याङ्कीय गतिविधि, तथ्याङ्क व्यवस्थापन तथा तथ्याङ्कको विश्वसनीयता र उपयोगिताका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालबालिकाको वैकल्पिक हेरचाहसँग सम्बन्धित तथ्याङ्कलाई व्यवस्थित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन आवश्यक रहेको बताएका थिए।

अन्तरक्रियामा बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उपाय तथा यस विषयमा सञ्चारमाध्यमको भूमिका लगायतका विषयमा सहभागीबीच छलफलसमेत भएको थियो।