अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोट-रसुवामा खटिने राहत टोलीलाई अध्यक्ष ओलीले गरे बिदाइ [तस्बिरहरू]

नुवाकोट-रसुवामा खटिने राहत टोलीलाई अध्यक्ष ओलीले गरे बिदाइ [तस्बिरहरू]


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमाले सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई बिदाइ गरेका छन्।

शुक्रबार टोलीलाई बिदाइ गर्दै अध्यक्ष ओलीले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझ्न, आवश्यक राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा प्रभावकारी रूपमा सहयोग गर्न निर्देशन दिएका हुन्।

एमाले सम्पर्क विशेष सङ्गठन कमिटीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउन टोली परिचालन गरेको हो।

टोलीले नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सहयोग गर्ने जनाइएको छ।