अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभामा १६६ मिलिमिटर वर्षा

संखुवासभामा १६६ मिलिमिटर वर्षा


काठमाडौं-संखुवासभालगायत देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भारीदेखि धेरै भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभा, भक्तपुर, मकवानपुर, उदयपुर तथा दैलेख–जाजरकोटको सीमा क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको हो।

पछिल्लो २४ घण्टामा संखुवासभाको टाशी गाउँ स्नो स्टेशनमा १६६.४ मिलिमिटर र भक्तपुरको चाँगुनारायण स्टेशनमा ११ मिलिमिटर वर्षा मापन भएको छ। यी दुवै स्थानमा धेरै भारी वर्षा भएको महाशाखाले जनाएको छ।

त्यस्तै, मकवानपुरमा ८४.४ मिलिमिटर, उदयपुरमा ५९ मिलिमिटर र दैलेख–जाजरकोटको सीमा क्षेत्रमा पर्ने कट्टी स्टेशनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ। यी स्थानमा भारी वर्षा भएको हो।

महाशाखाका अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी भए अति भारी वर्षा मानिन्छ। त्यस्तै, ५० देखि १०० मिलिमिटरसम्म भारी र १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा मानिन्छ।

आज पनि देशभर मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।