अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला अदालतका १५ न्यायाधीशलाई सरुवा गर्न सिफारिस

जिल्ला अदालतका १५ न्यायाधीशलाई सरुवा गर्न सिफारिस


काठमाडौं– न्याय परिषद्ले जिल्ला अदालतका १५ जना न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ। मंगलबार बिहान बसेको परिषद् बैठकले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

परिषद्ले यसअघि काजमा खटाइएका न्यायाधीशहरूलाई सोही स्थानमा कायम रहने गरी सरुवाको सिफारिस गरेको जनाएको छ। परिषद्को निर्णयअनुसार किशोर घिमिरे सिन्धुली, दीपक ढकाल कास्की, सन्तोषप्रसाद पराजुली सप्तरी र काजमा भक्तपुरमा कार्यरत विनोद खतिवडाको दरबन्दी न्याय परिषद्मा सार्ने सिफारिस गरिएको छ।

त्यसैगरी गीता श्रेष्ठ काभ्रेपलाञ्चोक, टेकराज जोशी रौतहट, रोमाकान्त ज्ञवाली सुनसरी, दुर्गादेवी गुरुङ बारा, नरेन्द्रबहादुर बुढा सुर्खेत, कमलकान्त जोशी काठमाडौं, दुर्गाप्रसाद बस्याल दाङ, ठाकुरप्रसाद पौडेल दार्चुला, अनुपमा पन्त सुनसरी, ताराप्रसाद डाँगी बाजुरा र वासुदेव पाण्डे सप्तरीमा सरुवा हुने सिफारिस गरिएको छ। उनीहरू यसअघि पनि सोही जिल्लामा काजमा कार्यरत थिए।

यस्तै, हालै नियुक्त भएका न्यायाधीश भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतको न्यायाधीशका रूपमा पदस्थापन गर्न पनि न्याय परिषद्ले सिफारिस गरेको छ।