काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि सर्वदलीय बैठक बोलाएका छन्
सभापति लामिछानेले रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बाेलाइएकाे रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ।
यसअघि लामिछानेले भदाै १० र १६ गते सर्वदलीय बैठक बाेलाएका थिए। भदाै १० गते बाेलाइएकाे बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल भएकाे थियाे।
भदौ १० गते सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो।


प्रतिक्रिया