अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोशीमा जल सतह उच्च भएपछि ब्यारेजका २१ ढोका खुला

सप्तकोशीमा जल सतह उच्च भएपछि ब्यारेजका २१ ढोका खुला


सुनसरी-सप्तकोशी ब्यारेजमा जल सतह केही यताकै उच्च भएको छ।

कोशी परियोजनाका अनुसार मंगलबार बेलुकी ६ः१५ बजे सप्तकोशीमा एक लाख ७१ हजार ७१५ क्युसेक पानीको बहाव मापन भएको छ।

जल सतह बढेसँगै ब्यारेजका २१ वटा ढोका खोलिएका छन्। जल सतह उच्च भएपछि भारी सवारीसाधनलाई ब्यारेजमा पालैपालो आवतजावत गर्न दिइएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ।

परियोजनाका अनुसार विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा मिसिने नदी तथा खोलाको बहाव बढेका कारण कोशीमा जल सतह उच्च भएको हो।