काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज (बुधबार) अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै आवश्यक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका पछिल्ला गतिविधि तथा समसामयिक विषयहरूबारे समेत छलफल हुने बताइएको छ।


प्रतिक्रिया