अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनभण्डारी राजमार्गमा ट्रक-हायस ठोक्किँदा १७ घाइते, १२ जनाको अवस्था गम्भीर

मदनभण्डारी राजमार्गमा ट्रक-हायस ठोक्किँदा १७ घाइते, १२ जनाको अवस्था गम्भीर


उदयपुर-मदनभण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा ट्रक र हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३००१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा हायसका चालक, सहचालकसहित १७ जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये ६ महिला र ६ पुरुष रहेका छन्। गम्भीर घाइतेमध्ये १० जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का करिब ३० वर्षीय रत्नबहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।