काठमाडौं-सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई नेपाल प्रशासन सेवातर्फ रिक्त रहेको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै प्रवक्ता सस्मित पोखरेलले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको बताए।
यसअघि रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो। सचिव बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमअनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।
सिफारिसको पहिलो नम्बरमा रहेका पराजुली हाल राष्ट्रिय महिला आयोगमा कार्यरत थिए। समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया